ओलीको आरोप– अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ

ओलीको आरोप– अहिलेको सरकार चटकका भरमा आएको हो, चटककै भरमा जान्छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् ।

नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएको जिकिर गरे ।

‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ,’ ओलीले भने ।

तर, त्यसो भनेर आफूहरू पर्खेर बस्न नहुने तर्क ओलीको थियो । पर्खिएर बसेको खण्डमा त्यसले देश, लोकतन्त्र र जनतालाई बर्बाद गरिसकेको हुने उनको बुझाइ छ ।

‘तर त्यो पर्खिएर हामी बस्यौं भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामी र जनतालाई बर्बाद गरिसक्छ,’ ओलीले भने, ‘अनि हामी पर्खिरहेका हुन्छौं । कहिले परिवर्तन होला भनेर । त्यसकारण परिवर्तन पर्खने चिज होइन । यो सचेत प्रयासबाट छिटो गरिने चिज हो ।’