संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित

संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित

सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट नहुँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार इन्टरनेट बिग्रिँदा अहिले प्रतिनिधिसभा बैठक लाइभ भइरहेको छैन ।

‘बिहानैदेखि इन्टरनेट बिग्रिँदा अहिले लाइभ हुन सकिरहेको छैन,’ गिरीले रातोपाटीसँग भने, ‘बन्ने वित्तिकै हुन्छ । बनाउन प्राविधिकहरू लागिरहनुभएको छ ।