सुदूरपश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

सुदूरपश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । ओपनर विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोएल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए, जसमा ५२ बलमा ३ चौका र २ छक्का समावेश थिए। अन्य खेलाडीहरूको योगदान यसप्रकार रह्यो: मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रन। स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे।

ब्लिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई विकेट लिए भने सूर्य तामाङ र साम हिटलेटले एक–एक विकेट हात पारे।