सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण

सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण

सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।

सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको बताए भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको समेत बताए । पोखरेलले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिए ।

मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसदमा पेस भएको जानकारी समेत उनले दिए । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।

शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता पोखरेलले भने, ‘सङ्घीय मन्त्रालयको बोझिलो संरचना थियो । बाचा पत्रमा नै घटाएर १८ मा सिमित गरेका छौँ । मन्त्रिपरिषद् १७ सदस्यीय गठन गरेका छौँ । २० अर्ब रकम बचत हुने अनुमान गरेका छौँ ।’