मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी

मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी

मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेर प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

महंगी भत्ता नपाएको भन्दै काउन्सिलमा स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल हुन् । उनी कार्यकक्षमा रहेका बेला अन्य कर्मचारीहरूले ढोका लागइदिएर बाहिर बसेका हुन् ।

कर्मचारीहरूका बीचमा विभेद भएको भन्दै करार कर्मचारी समेत असन्तुष्ट रहेका छन् ।

गत माघदेखी महंगी भत्ता नपाएको कर्मचारीहरूले बताएका छन् ।

काउन्सिलमा २२ जना स्थायी कर्मचारी रहेका छन् । उनीहरुले सूचना तथा प्रसारण विभागका महानिर्देशकविरुद्ध पनि आन्दोलन गरेको बताएका छन् ।

आर्थिक अधिकार, सूचना तथा प्रसारण बिभागका महानिर्देशकलाई हुने भएका कारण उनीहरूले यसमा जोडेका हुन् ।