भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।

सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाएको हो । भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूत छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार ६ देशका राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरिएको छ ।

केपी ओली नेतृत्वको सरकारले ३४ मिसनहरुमध्ये १७ मा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो । ती ३४ मध्ये सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले ११ देशका राजदूतहरुलाई गत कात्तिकमै फिर्ता बोलाएको थियो । बाँकी ६ जनालाई बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको हो ।

कार्कीको पालामा फिर्ता बोलाइएका राजदूतहरुले परराष्ट्र मन्त्रालयमै हाजिर गर्दै फर्किने गरेका छन् ।