सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीमा १५ रुपैयाँको वृद्धि

सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीमा १५ रुपैयाँको वृद्धि

काठमाडौं । मंगलबार (मंसिर २३) नेपाली बजारमा सुनको मूल्य घटेर तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले कमी देखिएको हो। सोमबार यसको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।