मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस

मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ क्षेत्रबाट नेपाली कांग्रेसले डा. शेखर कोइरालालाई प्रत्यक्षतर्फको उम्मेदवारको रूपमा एकल सिफारिस गरेको छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले कोइरालाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हाे।

यसअघि मोरङ–३ बाट डा. सुनिल शर्मालाई कांग्रेसले प्रत्यक्षतर्फको एकल उम्मेदवारको रूपमा सिफारिस गरेको थियो।