राप्रपाको काठमाडौंमा शक्ति प्रदर्शन

राप्रपाको काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै नयाँ राजनीतिक समझदारीका लागि दबाब दिएको छ। उपत्यकाका विभिन्न स्थानबाट र्‍यालीसहित निक्लेका कार्यकर्ताहरू रत्नपार्कमा पुगेपछि कार्यक्रम विशाल जनसभामा परिणत भएको थियो।

राप्रपाले राजसंस्थाको पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनः स्थापित गर्नुपर्ने आफ्नो एजेन्डालाई जनदबाबमार्फत सशक्त रूपमा उठाउन यो प्रदर्शन आयोजना गरेको जनाएको छ।

पार्टीका अनुसार राजनीतिक दलहरू र जेन्जीबीच नवीन समझदारी निर्माण गर्न, जनताको अपेक्षाअनुसार राष्ट्रियताका मुद्दालाई केन्द्रमा ल्याउन र व्यापक जनमत सङ्कलन गर्न जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरिएको हो।

राप्रपाले हालको राजनीतिक परिस्थिति र जेनजी आन्दोलनपछि बनिरहेको शक्ति सन्तुलनलाई लक्षित गर्दै राजतन्त्र र धार्मिक पहिचानसम्बन्धी बहसमा राष्ट्रिय सहमति जुटाउनुपर्ने आवश्यकता रहेको बताएको छ।