काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता प्रक्रिया आज पूरा भएको जानकारी दिए। उनका अनुसार उक्त रिटसम्बन्धी मुद्दाको प्रारम्भिक पेशी पुस २ गतेका लागि तोकिएको छ।
प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको दाबी गर्दै कांग्रेसका निवर्तमान सांसदहरूले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। प्रतिनिधिसभा पुनर्स्थापनासँगै संविधानसम्मत शासन सञ्चालनको मार्ग प्रशस्त गर्नुपर्ने माग रिटमा गरिएको छ।