खस भाषाको बास्तबिकता


खस भाषा नेपालको कर्णाली क्षेत्रमा उत्पति भएको प्राचिन खस राज्य को आधिकारिक भाषा हो । देवनागरिक लिपीमी लेखिएको खस भाषा अहिले पनि विभिन्न शिलालेख, अभिलेख र कागजपत्रहरूमा देख्न पाइन्छ । सो भाषाबाट नै आधुनिक नेपालको आधिकारिकनेपाली भाषाको जन्म भएको हो । खस भाषामा डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली समुदाएका भाषाहरु पर्दछन् । खस भाषा अन्तर्गत मध्यपश्चिम र सूदूरपश्चिममा हरेक जिल्लामा एक भिन्न बोली छ भने पूर्व, मध्य र पश्चिममा झन्डै एउटै जसो नेपाली भाषा प्रयोग गरेको देखिन्छ ।

अभिलेखबाट खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमा आएको बताईको छ। ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका थिए । पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाहिसे र अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो। यो खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषा भित्र पर्दछ।

साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुंदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै आसाम र वर्मा तथा भूटानसम्म फैलिएको छ।
विकसित र सजिलो भाषा हुनाले साथै नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरूले ग्रहण गरेका र विस्तार भएको देखिन्छ । नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने र राष्ट्र भाषाका रूपमा स्थपित भएको छ।

पछिल्लो समय यो भाषाको उल्लेख्य बिकास हुन नसकेको देखिन्छ प्राचीन भाषा को जोखिम कम गरि मौलिकता बचाइ राख्नाका लागि  कर्णाली प्रदेशमा यो भाषाको संरक्षणलाई अभियानकै रूप दिने प्रयास सुरु भएको छ  . जुम्लाको तातोपानी गाउँपालिकाले गत शैक्षिक सत्रदेखि पाठ्यपुस्तक नै तयार पारेर २५ विद्यालयमा खस भाषामा पठनपाठन सुरु गराएको छ । हाल कक्षा १ देखि ३ सम्म खस भाषामा पठनपाठन हुन्छ ।आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मा पनि पठनपाठन सुरु गरिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख छायादत्त चौलागाईं बताउँछन् । उनका अनुसार कक्षा १ देखि ५ सम्मका तीन हजार आठ सय ५१ विद्यार्थीले आगामी शैक्षिक सत्रदेखि खस भाषा पढ्नेछन् । जुम्लाकै सिँजा गाउँपालिकाले पनि आगामी शैक्षिक सत्रदेखि पठनपाठन गर्ने गरी पाठ्यपुस्तक तयार पारेको छ ।

 


प्रकाशित मिति : २०७८ आश्विन २२, शुक्रबार

धेरै पढिएको

ताजा समाचार