काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्दै सरकार गठन गर्ने दाबी गरेका छन् ।
सोमबार काठमाडौंको सिफलमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अब वैकल्पिक शक्ति मात्र नभई सत्ता नेतृत्व गर्ने लक्ष्यसहित अघि बढेको स्पष्ट गरे । साम्पाङले सो अवसरमा श्रम संस्कृति पार्टीको मूल सोच र आगामी योजना प्रस्तुत गर्दै घोषणापत्रमै सरकार गठन गर्ने आकांक्षा उल्लेख गरिएको बताए । ‘हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, कुनै शंका छ ?’ भन्दै उनले पार्टीप्रति बढ्दो जनसमर्थनले आफ्नो दाबीलाई व्यवहारिक बनाइरहेको दाबी गरे ।
उनले जेनजी आन्दोलनका वास्तविक मुद्दाहरू बुझिनुपर्ने भन्दै सत्ता सञ्चालनमा आएपछि जेनजीका मागहरूको अध्ययन तथा समाधानका लागि छुट्टै आयोग गठन गर्ने घोषणा गरे । ‘जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्यो। ८० वर्षको पुस्ताले हिजोआजका युवाको आवाज बुझ्छ ? त्यसका लागि आयोग चाहिन्छ,’ साम्पाङले भने ।
देशलाई अग्रगामी दिशातर्फ लैजाने नयाँ योजना र दृष्टिकोण सहित श्रम संस्कृति पार्टी अघि बढेको पनि उनले स्पष्ट पारे ।