शैक्षिक शत्र सुरु भएको धेरै दिन पनि सरकारी स्वामित्वको जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक पुन्याउन नसकेको समाचार आईरहदा मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघ यसपति चिन्तित रहेको जनाएको छ ।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उसले भनेको छ ,”सरकारी स्वामित्वको मुद्रण संस्था जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै खपाई तथा वितरण गर्न नसकेको कारण शैक्षिक शत्रको अन्त्यमा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न नसको अवस्थालाई लिएर २०६४ सालबाट कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मेवारी निजि क्षेत्रलाई दिएको विषय सर्वविदितै निजि क्षेत्रले समयमा नै आफ्नो जिम्मेवारी पूरा गरेको कारण पाठ्यपुस्तक छपाई तथा वितरणमा त्यस पछिका वर्षहरुमा सहजता आएको भएपनि जनक शिक्षाले पनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण शैक्षिक सुरु भई पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुयाउन नसकेकाले विद्यार्थीको पठनपाठनमा गम्भिर असर परेको विषय आम संचार माध्यमद्वारा प्रकाशत भईरहेको छ ।
यस्तो अवस्थामा पनि निजि क्षेत्रलाई सुम्च्याएर शैक्षिक शत्र २०७८ मा कक्षा १ देखि ४ सम्म र २००९ को लागी १ देखि ३ सम्म मात्र छपाई तथा वितरणाको अनुमति दिएकोले यो भयावह अवस्था आएको हो । निजिले पाएको जिम्मेवारी कक्षा १ देखि कक्षा ३ सम्मका पाठ्यपुस्तक देशभरि वितरण भईरहेको पनि यसै वक्तव्य मार्फत जानकारी गराउदछौं ।
सरकारको एउटा संस्था जोगाउने बहानामा नाखौ विद्यार्थीहरुमाथि भएको खेतबाह पति नेपाल मुद्रण उद्योग महासंघको गम्भिर आपत्ति छ सोही कार्य गर्न निजि क्षेत्रले गरेको अरनी रुपैयाको खपाई मेसिन कामको अभावका कारण खालि छन् तर निजि क्षेत्रलाई पाठ्यपुस्तक छपाईमा कक्षा थप गराउन शिक्षा मन्त्रालयमा र माताहातका निकायहरुलाई कयौं पटक अनुरोध गर्दा पनि हाम्रो कुरा सुनुवाई भएन जसले गर्दा अनि समयमै पाठ्यपुस्तक पाउने सम्भावना देखिदैन र विद्यार्थीले पाठ्यपुस्तक बिना नै परिक्षमा सामेल हुने अवस्था आउदै छ । अत एउटा सरकारी संस्था जोगाउने बहानामा ९० लाख विद्यार्थीको भविष्यमाथि भएको खेलवाड महासंघलाई किमार्थ स्वीकार्य छैन ।”