२५ वर्षको उमेरमै अष्ट्रेलियन टेनिस स्टार बार्टीले लिइन् सन्यास


काठमाडौं । अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमै टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्‍याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ ।’

भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै भनेकी छन्, ‘मलाई यो निर्णय कसरी गर्ने भन्ने थाहा थिएन । यो भन्न सजिलो छैन ‘ तर म निकै खुसी छु र म निकै तयार छु । मलाई हृदयदेखि थाहा छ कि एक व्यक्तिको रुपमा यो मेरो निर्णय एकदम सही छ ।’

 


प्रकाशित मिति : २०७८ चैत्र ९, बुधबार

धेरै पढिएको

ताजा समाचार