अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश


काठमाडौं :  अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे । मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् । सोही कार्यक्रमबाट पर्साका नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएका नेता हुन् ।


प्रकाशित मिति : २०७८ चैत्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार