देशभर थप ३७ जनामा कोरोना पुष्टि, मृत्यु शून्य


काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार २३४ पुगेको छ । सोही अवधिमा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३ हजार २४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८२ जना संक्रमितहरुको निको भएका छन्, भने कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति : २०७८ चैत्र ६, आईतवार

धेरै पढिएको

ताजा समाचार