बुढानिलकण्ठ आकासेधारास्थित १० नं वडाको हलमा शनिबार बाल वक्तृत्वकला कार्यक्रम हुने


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० को आयोजना र बाल सचेतना केन्द्र नेपाल,बौंद्ध,काठमाडौंको संयोजनमा चैत्र ५ गते शनिबार बिहान १० बजे वडाको सभा हल,आकासेधारा टोलमा बाल वक्तृत्वकला कार्यक्रम उदघाटन,सम्मान तथा समापन समारोह हुने भएको छ ।

बाल सचेतना केन्द्र नेपालकी कोषाध्यक्ष शर्मिला उप्रेतीकानुसार उक्त कार्यक्रम वडाको आयोजना र बाल सचेतना केन्द्र नेपालको संयोजनमा”समाज रुपान्तरणको लागि मेरो वडा मेरो सपना”भन्ने विषयमा बाल वक्तित्वकला कार्यक्रम हुने कुरा जनाएकी छिन् ।

यस बाल सचेतना केन्द्र नेपालले विगत १० वर्षदेखि सामाजिक कार्य गर्दै आईरहेको छ ।


प्रकाशित मिति : २०७८ चैत्र ३, बिहीबार

धेरै पढिएको

ताजा समाचार