देशभर थप ८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।


प्रकाशित मिति : २०७८ चैत्र २, बुधबार

धेरै पढिएको

ताजा समाचार