देशभर थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य


काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८८४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ९९४ पुगेको छ । सोही अवधिमा १ लाख ०३ हजार ५३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ४ हजार ७४६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६१ हजार ३४८ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८८४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ८८ हजार ५८१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।


प्रकाशित मिति : २०७८ चैत्र १, मंगलवार

धेरै पढिएको

ताजा समाचार