देशभर थप १९४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । सोही अवधिमा २ लाख ०३ हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ५ हजार ८७५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख ३८ हजार ०१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।


प्रकाशित मिति : २०७८ फाल्गुन २४, मंगलवार

धेरै पढिएको

ताजा समाचार