सुनको मुल्य आज १९ सय रुपैयाँले बढ्यो


 

काठमाण्डौ,१८ फागुन ।
सुनको मुल्य आज एकै दिन १९ सय रुपैयाँ बढेको छ । आज सुनको मुल्य ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनमा गरिएको लगानीलाई सुरक्षित मानिने हुँदा संकट परेका बेला धेरैले सुनमा लगानी गर्छन् । यसले गर्दा सुनको माग बढी हुन्छ । यसको असर बजारमा पर्ने महासंका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाएका कारण पनि मुल्य बढेको उनको भनाइ छ । यस्तै, आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ ।


प्रकाशित मिति : २०७८ फाल्गुन १८, बुधबार

धेरै पढिएको

ताजा समाचार