काठमाडौंका विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुल्हो


काठमाडौं, १८ फागुन ।
काठमाडौंमा भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीका लागी (इन्डक्सन) चुल्हो निःशुल्क वितरण गर्ने भएको छ । स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।


ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने जानकारी दिए।

मजगैयाँका अनुसार खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताए ।

 


प्रकाशित मिति : २०७८ फाल्गुन १८, बुधबार

धेरै पढिएको

ताजा समाचार