काठमाडौं : हुम्लाको अदानचुली गाँउपालिकामा कार्यरथ कर्मचारीले महिना नबित्दैँ हाजीर लगाउने गरेका छन् । गाँउपालिमा कार्यालय सहयोगीको रुपमा कार्यरथ अदानचुली १ का मोतीलाल दानीले फागुन महिनाको पुरा हाजीर लगाएर आफ्नो घरको काममा व्यस्त भएका हुन् ।
अचम्मको कुरा त के छ भने फागुन महीना ३० गते सम्म मात्र छ भने दानीले ३१ गते सम्म हाजीर लगाई सकेका छन् । । दानी एक पात्र मात्र हुन् । गाँउपालिको हाजीर फाईल अनुसार निम्ति प्रमुख प्रशासकिय अधिकृत टक दत्त प्याकुरेल, र लेखापाल दत्तबहादुर थापाको भने यो बर्ष भरी एक दिन पनी हाजीर छैनन् । ,इन्जिनियर मकर ध्वज शाहीले भदौँ सम्म लगाएका छन् भने सूचना तथा संचार प्रविधि अधिकृत सुरेन्द्र फडेराले कात्तिक सम्म हाजीर भएका छन् । उच्चतहका कर्मचारीहरु नै धेरै महिनाको हाजीर एकै पटक लगाउने गर्दछन् । यस गाँउपालिमा कार्यारथ सबै कर्मचारीले सरकारी कार्यालयको नियम अनुसार काम गरेको पाईदैँन् ।
हाजीरमा हेर्नेहो भने केहि कर्मचारीको मंसिर महिना देखि नलगाएको देखिएको छ भने केहि कर्मचारीको यस यो वर्ष भरी हाजीरनै नभएको पाईन्छ । कर्मचारीले धेरै महीनाको एकैपटक मनपरी तरीकाले हाजरी लगाउने गरेका छन् । कर्मचारी नै कार्यायलमा नभए पछि हाजीरलाई महत्व नदिएका हुन् । यस गाँउपालिकामा कार्यरथ कर्मचारी कति हुन् नियमित हाजीर हुने कर्मचारी कती के छ भन्ने बिषयमा जानकारी दिने कोहि छैनन् । अदानचुली गाँउपालिको कार्यालयको काम कार्य अस्तव्यस्त अवस्था रहेको छ ।