जेब्रा झोलाभित्र भेटियो जीउबिनाको शव


काठमाडौं :  सुनसरीको धरान-४ मा पर्ने जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ।

कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। सुनसरी प्रहरी का अनुसार घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार घटनास्थल पुग्दा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको हो। आज त्यसको नजिकै अर्को जेब्रा झोला पनि भेटिएको छ,’ त्यसमा जीउ हुनसक्ने अनुमान छ। झोलामा टुक्रा भेटिएको शवको प्रकृति हेर्दा अन्दाजी ३०/३२ वर्षका युवक जस्तो देखिएको छ। शव केही दिन पुरानै रहेको प्रहरीले बताएको छ। त्यसैले गन्ध आइरहेको छ। शवबारे अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार

धेरै पढिएको

ताजा समाचार