सल्यानमा सांग्रीला बैंकको शाखा स्थापना एकै दिनमा ५ सय बढीले खाता खोले


 

सल्यान २८, माघ ।
सल्यानको सल्लीवजारमा सांग्रीला डेभलपमेन्ट विकास बैंकको शाखा स्थापना भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ सल्लिवजारमा १ सय ७ औं शाखाको रुपमा सांग्रीला डेभलपमेन्ट विकास बैंकको सेवा विस्तार भएको मेनेजर ओम प्रकाश अधिकारीले जानकारी दिए ।

बैंकको बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुन र सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र कुमार केसीले संयुक्तरूपमा रिवन काटेर विधिवत उद्घाटन गरेका हुन । सो अवशरमा दुवै जना प्रमुखले आफ्नो स्थानीय तहमा बैँक भित्रनु भनेको सुखद र यहाँका नागरिकका लागि निकै सकारात्मक पक्षसँग जोडिएको बताएका छन ।

यसअघि सल्लिवजारमा एउटा मात्रै लक्ष्मी बैँक रहेको थियोे । एउटा मात्रै बैंक हुदा भिडाभाड धेरै रहेको थियोे । बैंकमा भिडभाड धेरै हुदा सेवाग्राहिलाई सेवा उपलब्ध गराउन समेत उक्त बैंकलाई हम्मेहम्मे परेको थियो । बैँकको शाखा स्थापना भएपछि स्थानीय पनि खुसि भएका छन् । बैँकको शाखा उद्घाटन भएकैँ दिन ५ सय वढीले खाता खोलेका छन् ।


प्रकाशित मिति : २०७८ माघ २८, शुक्रबार

धेरै पढिएको

ताजा समाचार