नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सरकारले गर्यो सम्मान


काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई शुक्रबार सम्मान गरेको छ ।

प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप-विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए ।

‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसंगै भेट्न पाउँदा सम्मान पाएको छु ।’ सम्मानित भएपछि अलमुताइरीले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गरेका छन् । यस्तै अलमुताइरीले शुक्रबारै सरकारबाट पुरस्कार प्रपात गरेका सेन्ट्रल जोन विजेता महिला टोलीसँग पनि सेल्फी खिचाउँदै फोटो पोष्ट गरेका छन् ।


प्रकाशित मिति : २०७८ माघ २१, शुक्रबार

धेरै पढिएको

ताजा समाचार