नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै


काठमाडौं : नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।

 


प्रकाशित मिति : २०७८ माघ १८, मंगलवार

धेरै पढिएको

ताजा समाचार