ब्राउनसुगरसहित बैजनाथ गाउँपालिका-३ का वडाध्यक्ष पक्राउ


काठमाडौं : बाँकेको बैजनाथ गाउँपालिका(३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष थारु ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा प्रहरीले पच्छउँदै जादा सोमबार साँझ पक्राउ गरेको हो । उनीसँगै सुरज थारू, सुन्दर थारू र “व थारु पपिन पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०७८ माघ ५, बुधबार

धेरै पढिएको

ताजा समाचार