विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चीनका राष्ट्रपति शी जिनपिङ चेतावनी


काठमाडौं : चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् । कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ ।

राष्ट्रपति शी जिनपिङले भीडन्तले समस्याको हल ननिस्कने कुराको इतिहास साक्षी भएको बताएका छन् । उनले कोरोना महामारीको असरसँग जुध्नका लागि साझा कोसिसको आवश्यकता पर्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले मानवताका कारण महामारीमाथि जीत हासिल गर्न सकिने पनि बताएका छन् । उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिको उत्कृष्ट समन्वयको पनि आह्वान गरेका छन् ।

स्रोत : बीबीसी


प्रकाशित मिति : २०७८ माघ ४, मंगलवार

धेरै पढिएको

ताजा समाचार