हेटौंडामा १८३ किलो गाँजासहित युवक पक्राउ


काठमाडौँ : तरकारीको क्रेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा १८३ किलो लागूऔषध गाँजासहित युवक पक्राउ परेका हुन् । पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडातर्फ आउँदै गरेको प्रदेश-३-०१ ००२२ च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजाँच गर्दा गाँजासहित भ्यान चालक मकवानपुरको थाहा नगरपालिका-२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तरकारीको क्रेटको बिचबिचमा प्लास्टिकमा प्याक गरेको १२ वटा पोकामा एक सय १३ किलो गाँजा लुकाएर ल्याएको फेला परेको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन् ।

 


प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार

धेरै पढिएको

ताजा समाचार