स्कुलमा आगलागी हुँदा रु तीन लाख बराबरको क्षति


काठमाडौं : वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको छ । स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । त्यस्तै, आइतबार खार्पुनाथ गाँउपालिका–१ हुम्ला प्युस निवासी सुरज शाहीको ढुङ्गा माटो र काठले निर्मित कच्ची घरमा भएको आगलागीले दुई कोठा एक गाई र सात कुखुरा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति : २०७८ पुष २६, सोमबार

धेरै पढिएको

ताजा समाचार