२०औं आहा रारा गोल्डकपमा ए डिभिजनका ८ सहित कूल १० टिमले प्रतिस्पर्धा गर्ने


काठमाडौं : सहारा क्लब पोखराको आयोजना हुने २०औं आहा रारा गोल्डकपमा ए डिभिजनका ८ सहित कूल १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मोफसलकै सबैभन्दा प्रतिष्ठित गोल्डकपको रुपमा रहेको आहा रारा आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै १० टिमको सहभागि हुने जानकारी दिएको हो । जसमा ८ ए डिभिजन क्लबसहित अमेरिकाबाट आएको एक टिम र आयोजकको टिम हुनेछ ।

साविक विजेता संकटा क्लबसहित आहा राराको सफल क्लबहरु मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लबले यस पटक खेल्नेछन् । यस्तै ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी एफसी, हिमालयन शेर्पा क्लब, एपीएफ एफसीले पनि प्रतिस्पर्धा गर्नेछ । यस पटक अमेरिकाबाट बीवाईएससीले पनि खेल्नेछ भने आयोजकको टिम पनि रहनेछ ।

सहभागी टिमहरु 

१. संकटा क्लब,

२. नेपाल पुलिस फुटबल क्लब

३. रुस्लान थ्रिस्टार क्लब

४. नेपाल एपीएफ क्लब,

५. मनाङ्ग मर्‍स्याङ्गदी क्लब,

६. मछिन्द्र क्लब,

७. हिमालयन शेर्पा क्लब

८. त्रिभुवन आर्मी फुटबल क्लब

९. BYSC, MINESOTA, USA.

१०. सहारा क्लब पोखरा


प्रकाशित मिति : २०७८ पुष २६, सोमबार

धेरै पढिएको

ताजा समाचार