खलङ्गा बजारमा जुम्ली ठुली भैलीको रौनक सुरू


काठमाडौं : जुम्ला सदरमुकाम खलङ्गा बजारमा जुम्ली ठुली भैलीको रौनक सुरू भएको छ । स्थानीय महिला तथा पुरुषहरू लहरै लागेर भैली खेली रमाइलो गरिरहेका छन् । स्थानीय परम्परा अनुसार यहाँ पुषमा भैलो खेल्ने चलन रहेको छ ।

हरेक साल पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठुली भैली यसपालि पनि शुरु भएको हो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि नै जुम्लामा भैलो खेल्ने चलनको सुरुआत भएको मानिन्छ ।


प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार

धेरै पढिएको

ताजा समाचार