सुर्खेत सभाहल शहरी विकास मन्त्री रामकुमारी झाँक्रिद्धारा उद्घाटन तथा हस्तान्तरण


काठमाडौँ : सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले बिहीबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गरेकी हुन् । आयोजनाले भवन निर्माण सहित, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल प्रथम चरण को कार्य सम्पन्न गरेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको उक्त सभाहल २५ हजार २८९ दशमलव १६ वर्गमिटर क्षेत्रफल अर्थात ५० रोपनी जमिनमा निर्माण गरिएको छ।

सभाहल निर्माणका लागि आर्थिक बर्ष २०७३/०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार आर सिसि फार्म स्ट्रक्च्युरल भिजन हल’ भवनको डिजाईन भएको हो । यो भवनका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैंया बराबरको लागत विनियोजन गरिएको थियो । भवन निर्माणको जिम्मा पाएको श्री समनान्तर – चक्रेश्वरी शिवशक्ति जेभि काठमाण्डौंले पाएको थियो । सभाहल आर्थिक बर्ष ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो । तर सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको थिएन् ।

बीचमा कोरोना भाइरसका कारण काम प्रभावित भएको संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापले बताए । त्यसपछि ०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहल ९प्रथम चरण० को कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न सभाहलको कुल एरिया ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिचा ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ। चार सय पेरिमिटर बराबरको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ। यस्तै सभाहल ४ वटा ब्लग मिलि बनेको छ । ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन् । जसमा पहिलो मल्टि प्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन् । साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन् ।


प्रकाशित मिति : २०७८ पुष २२, बिहीबार

धेरै पढिएको

ताजा समाचार