भ्रष्टाचारको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा


काठमाडौं : घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा वडा नम्बर ११ स्थित भलुवाइ सडक निर्माण सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

वडाध्यक्ष साहको निर्देशनमा वडा सदस्यद्वय रौनियार र रायले आफ्नो पदीय मर्यादाको ख्याल नगरी घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।


प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार

धेरै पढिएको

ताजा समाचार