ललिता निवास प्रकरण : मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नी पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ ।

मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।

सीआईबी प्रमुख धिरजप्रताप सिंहका अनुसार सुवेदीले दम्पति पक्राउ परेको र म्याद थपका लागि अदालतमा पेश भएको स्वीकारेका छन् । नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशका कारण थुनामा छन् ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

 


प्रकाशित मिति : २०७८ पुष ७, बुधबार

धेरै पढिएको

ताजा समाचार