आज बालाचतुर्दशी पशुपतिमा शतवीज छर्नेको भीड


 

आज बालाचतुर्दशी पर्व । हरेक वर्ष जस्तै आज बिहानै शतवीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।

त्रयोदशीका दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतवीज छर्ने परम्परा रहेको छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । आज बिहान मिर्मिरेमै पशुपति क्षेत्रमा भक्तजनहरूको भीड लागेको छ ।

बिहीबार रातिदेखि नै रातभर जाग्राम बसेका र बिहानै पशुपति पुगेका व्यक्तिहरूले पितृको सम्झनामा शतवीज छरेका छन् ।


प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार

धेरै पढिएको

ताजा समाचार