सुरु भयो महिला हिंसाविरुद्धको १६ दिने अभियान


हरेक २५ नोभेम्बर बाट सुरु हुने महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज देहि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५लाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोके संगै विभिन्न कार्यक्रम गरि नोभेम्बर २५देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ ।

महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार नबनुन भनेर सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइन्छ । यस लाई नेपालमा महिला हिंसा बिरुद्दको १६ दिने अभियान पनि भनिन्छ

सन् १९६० मा डोमिनिकनको शासक रहेका राफेल ट्रुजिलोको आदेशमा राजनीतिक कार्यकर्ताहरूले डोमिनिकन रिपब्लिकका तीन मीराबल बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेको दिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ ।

सन् १९८१ मा ल्याटिन अमेरिकी र क्यारिबियन नारीवादी कार्यकर्ताहरूले २५ नोभेम्बरलाई महिलाविरुद्ध भएका हिंसाको विरुद्ध लड्न र जनचेतना फैलाउने दिनको रूपमा स्थापित गरेका थिए । महिला अधिकारकर्मीहरूले १९८१ देखि नै २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् ।


प्रकाशित मिति : २०७८ मंसिर ९, बिहीबार

धेरै पढिएको

ताजा समाचार