सल्यान कांग्रेस सभापतिमा देउवा प्यानलका केसबहादुर बिष्ट निर्वाचित


काठमाडौँ : सल्यान कांग्रेसको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका केसबहादुर बिष्ट निर्वाचित भएका छन् । उनी पौडेल प्यानलका प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

बिष्टले ६ सय १२ मत ल्याएका छन् भने निकटम प्रतिद्वन्द्वी ध्रुवराज पुरीले ६ सय ७ मत ल्याएका छन् । १३औं महाधिवेशनमा गणेश चन्दसंग सभापति पदमा हार ब्यहोरेका बिष्टले यसपटक भने जितेका छन् । सभापति पदमा बिष्ट र पुरीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सभापतिमा देउवा प्यानलका निर्वाचित भए पनि पदाधिकारीसहित अन्य पदमा देउवा र पौडेल पक्षका बराबरी जस्तै छन् । यस्तै उपाध्यक्षमा सन्तोष केसी, ६ सय २० र चक्र देवकोटा ५ सय ९६ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृत सुनिल श्रेष्ठले बताएका छन् । उनका अनुसार उनका निकटतम प्रतिस्पर्धी गोपाल बुढाथोकीले ५ सय ६, डिल्लीबहादुर बुढाथोकीले ५ सय ६२ मत ल्याएका थिए ।

सचिवमा प्रकास भण्डारी ७ सय ३ र एकराज बुढाथोकी ५ सय ५९ मत ल्याएर निर्वाचित भएका छन् । सहसचिवमा ६ सय ३४ मत ल्याएर जनकराज गौतम र ५ सय ७५ मत ल्याएर पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा जिल्लाका १० पालिकाका १ हजार २ सय ८० मतदातामध्ये १ हजार २ सय ३५ जनाले मतदान गरेका थिए ।


प्रकाशित मिति : २०७८ मंसिर ८, बुधबार

धेरै पढिएको

ताजा समाचार