जुम्लामा माओवादीले ५२ वडाको नेतृत्व छान्यो


काठमाडौँ : नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए ।

माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको छन् ।

यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानी प्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र बाँकी ३ वडाको भइरहेका छन् ।

चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको छ ।

 


प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार

धेरै पढिएको

ताजा समाचार