​प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत् पक्ष महाभियोग तर्फ उन्मुक्ख


 

लामो समय देखीको नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ । आन्दोलनको निरन्तरता अनुरुप आज दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन ज्ञापनपत्र बुझाउने तयारी भएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

साथै सभामुखलाई भेटेलगत्तै बारले संसदीय दलको कार्यालय सिंहदरबारमा राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने र महाभियोगका लागि दबाब दिने उनको भनाई छ ।

‘प्रधानन्यायाधीश राजीनामा दे’, ‘न्याय बेचुवा राजीनामा दे’, ‘सेटिङको फैसला चाहिँदैन, न्याय मार्न पाइँदैन’, ‘कालो धनको खोजी गर,चोलेन्द्रलाई कारबाही गर’ लगायतका नारा लगाएर कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्।


प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार

धेरै पढिएको

ताजा समाचार