नेपाल एयरलायन्सद्धारा कर्णालीका हिमाली जिल्लामा नियमित उडान सुरु


काठमाडौँ : सरकारी स्वामित्वको नेपाल एयरलायन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लामा नियमित उडान भर्न थालेको छ । अहिले एयरलाइन्सले सिमकोट विमानस्थलमा सातामा ३ वटा उडान भर्न थालेको हो ।

विमानस्थलमा यात्रुको चाप वृद्धि भएपछि भएकाले उडान थप गरिएको नेपाल एयरलाइन्स सिमकोटका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले बताए । उनका अनुसार यसअघि हप्तामा एउटा मात्रै उडान हुने गरेको थियो । अहिले आइतबार, सोमबार र बिहीबार उडान भइरहेको उनले जानकारी दिए । एयरलाइन्सले सिमकोटबाट नेपालगन्जसम्मको भाडा ६ हजार ९ सय १० रुपैयाँ तोकेको छ ।

एयरलाइन्सको उडान नियमित भएसँगै जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रुलाई सुविधा पुगेको स्थानीय रविन्द्र देवकोटाले बताए । ‘बाहिर जाने यात्रु र बिरामीले सहज सुविधा पाइरहेका छन्,’ उनले भने, ‘खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी पनि सहज बनेको छ ।’ उनले स्थानीय कृषि उत्पादनले पनि सहज बजार पाइरहेको बताए ।

 


प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार

धेरै पढिएको

ताजा समाचार