यौनिक तथा लैंगिक अल्पसंख्यकका कानुनी तथा स्वास्थ्य मुद्धाहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


 

मितिनी नेपालको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कानुनी तथा स्वास्थ्य मुद्धाहरु” विषयक मिडियाकर्मीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको कानुनी तथा स्वास्थ्यमा उनीहरुको पहुँचका विषयमा चर्चा भएको थियो । एम्पिफाई चेन्जको सहकार्यमा सम्पन्न कार्यक्रममा यौनिक तथा लैगिंक अल्पसंख्यकसँग सम्बन्धित नेपालको कानुनमा भएका व्यवस्था र अधिकार को बारेमा मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता के.सी. ले प्रकाश पार्नु भएको थियो ।

विश्व शौचालय दिवसको परिप्रेक्ष्यमा सम्पन्न कार्यक्रममा नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकमैत्री शौचालय नहुँदा यो समुदायले विभिन्न समस्याहरु भोग्नु परिरहेको कार्यकारी निर्देशक सरीता के.सी. ले बताइन् । संविधानमा सुरक्षित यो समुदायका अधिकारहरु अर्थपुर्ण रुपमा कार्यान्वयन नभएको र कानुन निर्माताहरुमा नै समुदायको मुद्धाहरु सम्बन्धि ज्ञानको अभाव हुँदा मानव अधिकारबाट वञ्चित हुनु परेको उनले बताइन् । सँगै बस्ने अधिकार भए पनि विवाह गर्न पाउने अधिकार नभएपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूले कानूनी सुविधा पाउन नसेको के सी को भनाइ छ ।

मितिनी नेपाल नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने तथा उनीहरूलाई सम्मानित जीवन जिउन सामाजिक, सांस्कृतिक, आर्थिक, कानुनी तथा राजनैतिक अधिकार सहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्य बोकेको संस्था भएको कार्यक्रम अधिकृत बिमला गुरुङले प्रकाश पार्नुभयो । । यस संस्थाले यौनिक तथा लैङ्गिक समुदाय भित्रका सबै महिला, समलिङ्गी, द्यलिंगि र ट्रान्सजेण्डर व्यक्तिहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

 

 

 

 


प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार

धेरै पढिएको

ताजा समाचार