पतञ्जलिको ‘टेलिभिजन’ विवाद चुलिदै


पतंजली योग पिठले संचालन गर्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनबारे अध्ययन गर्न सरकारले समिति समेत बनाएको छ ।

कानुनि प्रक्रिया बमोजिम प्रसारण अनुमतिपत्र नलिएको टेलिभिजन उद्घाटन गर्न प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत पुगेको सुचना सार्वजनिक भए लगतै सूचना तथा प्रसारण विभागले अध्ययन समिति बनाएको हो ।

रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा टेलिभिजन उद्घाटन भएपछि यसको वैधताबारे प्रश्न उठेको छ । टेलिभिजनको कार्यालयमा आइतबार सरकारको अध्ययन समितिले आकस्मिक निरीक्षण गरेको छ ।

विभागका निर्देशकको संयोजकत्वमा समितिले टेलिभिजनको उद्घाटन भएको स्थानमै पुगेर वास्तविकताबारे जानकारी लिएको हो । सो टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रिया पनि थालेको छैन । विभागका महानिर्देशक गोगनबहादुर हमालले सञ्चारमाध्यममा अनुमतिविना टेलिभिजन प्रसारण हुन लागेको खबर आएपछि त्यसबारे बुझ्न समिति बनाइएको बताएका छन् ।

समितिले आवश्यक अध्ययन गरेर सिफारिस गरेअनुसार निर्णय गर्ने महानिर्देशक हमालले जनाएका छन्।

अनुमतिपत्र विना प्रसारण उपकरणहरु ल्याएको र जडान गरेको भेटिएमा जफत हुने कानूनी व्यवस्था छ । भवन मात्रै उद्घाटन गर्न भने प्रतिबन्ध कानुनले गरेको छैन।

टेलिभिजनबारे विवाद भएपछि पतञ्जलि योगपीठ नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै पतञ्जलि र आस्था टेलिभिजन च्यानल प्रसारणमा आइनसकेको स्पष्टीकरण दिएको छ ।

 

 


प्रकाशित मिति : २०७८ मंसिर ६, सोमबार

धेरै पढिएको

ताजा समाचार