तमोर करिडोरले त्रिदेशीय सम्बन्द जोड्दै


 

ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले नेपालसंग छिमेकी देश चीन र भारतलाई जोड्दै छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो ।

हाल तमोर करिडोरको अन्तिम ट्र्याक खोल्ने कार्य जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ। यस संगै ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।

करिडोरको निर्माणकार्य फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको र आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने लक्ष्यका साथ हाल काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताएका छन्।

उत्तर–दक्षिण सडक योजनाका अनुसार हाल सञ्चालनमा रहेको सडक जोगबनीदेखि चतारासम्म ६० किलोमिटर रहेको छ । चतारादेखि ओलाङरचुङगोलासम्म २३० किलोमिटर दूरी रहेको छ भने ओलाङरचुङगोलादेखि टिपतालासम्म २४ किलोमिटर दूरी पर्छ । मुख्य तमोर करिडोर आयोजनाको दूरीसमेत कुल ३१४ किलोमिटर दूरीको सडकले भारत र चीनलाई सडक सञ्जालले प्रत्यक्ष रूपमा जोडरने उत्तर–दक्षिण सडक योजना कार्यालय ताप्लेजुङले जनाएको छ ।

२०६५ सालदेखि सुरु गरिएको तमोर करिडोर राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढेको छ। करिडोर धनकुटाको मूलघाटदेखि निर्माण सुरु गरी धनकुटाकै साँगुरीगढी गाउँपालिका–२ हुँदै पाँचथरको लुमुघाट, माझीटार र ताप्लेजुङको धेरै भू–भाग छिचोलेर अहिले ओलाङरचुङगोलासम्म ट्र्याक निर्माण सम्पन्न भएको छ ।


प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार

धेरै पढिएको

ताजा समाचार