धमाधम चलचित्र प्रदर्शनको मिति तोकिँदै


काठमाडौं: लगभग दुई वर्ष नेपालका चानचुन दुई सय सिनेमा घरमा सन्नाटा छायो । अब सिनेमा हल खुल्छ , फिल्म प्रदर्शन हुन्छन् र दर्शकहरु हलसम्म आउँछन् , यावत् प्रश्नको कुनै ठोस जवाफ थिएन ।

यसबीचमा केही सिनेमा हल त बन्द नै भए । तर, समय सधैं एकनास रहँदैन । कोरोनाको भय घट्दै गयो । जनजीवन सामान्य बन्दै गयो । सिनेमा हलहरु खुल्न थाले । एकाध नेपाली सिनेमा प्रदर्शनमा आए । तर, ती सिनेमाहरुले दर्शकलाई टिकट काउण्टरको लाममा उभ्याउन सकेनन् । यसरी बल्लतल्ल प्रदर्शनमा आएका सिनेमा पनि रित्तै भएपछि फिल्मकर्मीको मुटुमा अझै ढ्याङ्ग्रो बज्न थाल्यो । उनीहरु नराम्ररी हच्किए । र, प्रदर्शनको मुखैमा अड्किएका सिनेमा पनि थन्को लगाइयो ।

यही धर्मर अवस्थामा दक्षिण भारतीय सिनेमामा हिरोको ‘इन्ट्री’ भए जसरी धमाकेदार रुपमा बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आयो । अक्षयकुमार स्टारर यस चलचित्रले सिनेमा हलमा दर्शक फर्काइदियो । हल खचाखच हुन थाले ।

कतिले उपयुक्त साइत जुराएर आफ्ना चलचित्रको प्रदर्शन मिति घोषणा गरिसकेका छन् भने कति पर्ख र हेरको अवस्थामा छन् ।अन्ततः नेपाली सिनेकर्मीमा समेत एउटा बेग्लै आशा तरंगित भयो । उनीहरुले सोचे, ‘सिनेमा घरको तलतल मेट्न दर्शक ओइरो लाग्ने रहेछन् ।’ यही सोचेर उनीहरुले आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न थालेका छन् ।


प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार

धेरै पढिएको

ताजा समाचार