एनआरएनएद्धारा दैलेखका स्वास्थ्यचौकीलाई २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण


काठमाडौँ: दैलेखको स्वास्थ्य चौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ। कोरोना भाइरस संक्रमितहरुको सहजताको लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो।

स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक सङ्घले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुृर चन्दले जानकारी दिए।

दैलेखका लागि झण्डै २८ लाख रुपैयाँ बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै अएकी थिइन्।

 


प्रकाशित मिति : २०७८ कार्तिक २३, मंगलवार

धेरै पढिएको

ताजा समाचार