त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलदेखि प्रवेशद्वारसम्म ‘सटल बस’ चलाउने तयारी


काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेट (प्रवेशद्वार) सम्म ‘सटल बस’ सञ्चालन गरिने भएको छ ।

सो प्रयोजनका लागि आन्तरिक तयारी शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईदेखि तीन वटा बस गोल्डेन गेटमा र त्यति नै संख्यामा बस आन्तरिक टर्मिनलमा राखेर चलाउने तयारी भइरहेको छ । बसहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायमा निर्देशन दिइसकेको छ ।

खासगरी आन्तरिक उडानमा सबै वर्गका यात्रुले यात्रा गर्ने र उनीहरुले ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि प्राधिकरणले सटल बसको व्यवस्था गर्न लागेको हो ।

यसपछि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् । साथमा हवाई यात्राका लागि पैदल आउने यात्रुले ब्यागसहित टर्मिनलसम्म हिँड्नु नपर्ने गरी यस्तो व्यवस्था गर्न लागिएको हो ।


प्रकाशित मिति : २०७८ कार्तिक १७, बुधबार

धेरै पढिएको

ताजा समाचार