चार वटा प्रदेशबाट शून्यमा झर्‍यो एमाले, अब पूर्ण प्रतिपक्ष


काठमाडौँ :  २०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले सोमबारबाट शून्यमा झरेको छ । २०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठुलो दल समेत बनेको एमालेले केन्द्रसँगै सातमध्ये चार वटा प्रदेश सरकारको नेतृत्व गुमाउन पुगेको छ।

यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबारबाट भने प्रदेश १ सरकारको नेतृत्व पनि गुमाए पछि शून्यमा झरेको हो । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मतमा छलफल हुनुअघि नै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।


प्रकाशित मिति : २०७८ कार्तिक १५, सोमबार

धेरै पढिएको

ताजा समाचार