इथियोपियाको एक महत्वपूर्ण शहर विद्रोहीको कब्जामा



काठमाडौं : इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् ।

टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
तर सरकारी प्रवक्ताले डेस्सी शहर अझै पनि सेनाको नियन्त्रणमा रहेको भन्दै विद्रोहीको दाबी खण्डन गरेका छन् ।

शनिबार डेस्सीका बासिन्दाले भिषड लडाइँ र बिजुली आपूर्ति बन्द भएपछि सरकारी सेना पछि हटेको एएफपीलाई जनाएका थिए ।
डेस्सीका एक स्थानीयका अनुसार शुक्रबार दुई बजेतिर सरकारी सेना उक्त क्षेत्रबाट पछि हट्न सुरु गरेको थियो। त्यस्तै अर्का एक स्थानीयका अनुसार विद्रोहीहरू प्रवेश गर्न थालेपछि इथियोपियाको राष्ट्रिय सेना शहर छोडेको छ र सरकारी सेनाको उपस्थिति कतै पनि देखिँदैन ।

विद्रोही समूह टिगेर पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) ले सेटसाइट फोनमार्फत् रोइटर्ससँग कुरा गर्दै सरकारी फौजलाई आफूहरुले धपाएको र विद्रोहीहरु कोम्बोल्चा शहरतर्फ अघि बढिरहेको बताएका छन् । केही सरकारी सेना विद्रोहीको कब्जामा रहेको पनि उनको भनाइ छ ।तर सरकारका प्रवक्ता लेगेस्से टु


प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार

धेरै पढिएको

ताजा समाचार